काठमाडौं, ३१ भदौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ ।
रेग्मीकी ९० वर्षीया आमा चित्रकुमारी रेग्मीको काठमाडौंस्थित सिभिल अस्पतालमा सोमबार राति ११.३० मा निधन भएको हो ।
स्वर्गीय रेग्मीको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका तीन छोरा र चार जना छोरी छन् ।











प्रतिक्रिया