१२ मंसिर २०८३, शनिबार

गायक राजेश पायल राईको घरमा आगलागी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३१ भदाै । काठमाडाैंकाे नयाँ बानेश्वरस्थित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।

आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागी साेमबार राति भएकाे हाे ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।

गायक राई साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक श्रोता तथा शुभचिन्तककको आशीर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन् ।