१५ कार्तिक २०८३, आइतबार

सशस्त्रद्वारा लागूऔषधसहित ३ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुपन्देही, ३० भदौ । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भदौ २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया सरिता यादव, ३१ वर्षीया नेमा यादव र सोही जिल्लाकै देवदह नगरपालिका १२ बस्ने ३५ वर्षीया आशा पठान छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नोफिन ५ सय २५ वटा, प्रोमेथाजिन ५ सय २५ वटा, डाईजापाम ५ सय २५ वटा तथा नाइट्रोजम २ सय वटा फेलापरेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएकाे छ ।