
काठमाडौं । अभिनेत्री उर्वशी राउटेला अहिले निर्माता बोनी कपुरसँगको निकटताका कारण विवादमा रहेकी छन् । बलिउडमा खासै चलेका फिल्म नदिएकी राउटेला यतिबेला बोनी कपुरसँगको प्रेममा रहेको भन्ने चर्चा पनि छ ।
बलिउडमा चम्कनका लागि उर्वशीले बोनीसँग सन्निकट सम्बन्ध गाँसेको चर्चा भारतीय मिडियाले गरेका छन् । एउटा कार्यक्रममा उर्वशीको शरिरको पछाडीपट्टीको भागमा बोनी कपुरको हात पुगेको तस्बिर र भिडियो बाहिरिएपछि उक्त चर्चाले झनै व्यापकता पायो ।
यतिमात्र होइन, उक्त तस्बिर सामाजिक सञ्जालमा ट्रोल भएपछि उर्वशी निक्कै रिसाइन् । उनले आफ्नो सम्बन्धबारे कसैलाई केही भन्न आवश्यक नरहेको भनी प्रशंशकको कडा आलोचना गरिन् । सोही क्रममा उक्त तस्बिर र भिडियो लिक गराउने मिडियाप्रति पनि खनिइन् ।















प्रतिक्रिया