२ कार्तिक २०८३, सोमबार

यस्तो छ महाकाली-मेची राष्ट्रिय योग जागरण यात्रा !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baba-Ramdev

– डम्मरराज भट्ट
महेन्द्रनगर, १२ फागुन । महाकाली-मेची राष्ट्रिय योग जागरण यात्राका लागि पतंजलि योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणी आचाय श्री बालकृष्ण महेन्द्रनगर आउने भएका छन् ।

पश्चिमको महाकालीबाट सुरु हुने योग जागरण यात्राको उद्घाटन गर्ने उनी नेपाल आउन लागेका हुन । पतंजलि योग समिति कञ्चनपुरले यहि १४ फागुनदेखि महाकाली मेची राष्ट्रिय योग जागरण यात्राको सुरुवात गर्दैछ । महाकालीबाट सुरु हुने यात्रा पूर्वको मेचीसम्म पुग्ने छ भने काठमाडौं पुगेर समापन गर्ने कार्यक्रम तय गरिएको महाकाली मेची राष्ट्रिय योग जागरण यात्राका प्रवक्ता लवराज भट्टले जानकारी दिए ।

यसको उद्घाटन गर्न पतंजलि योगपीठ हरिद्वारका आयुर्वेदाचार्य बालकृष्ण महेन्द्रनगर आउन लागेका हुन । नेपाली मूलका बालकृष्ण पतंजलि योगपीठले सञ्चालन गरिरहेको आयुर्वेद विश्वविद्यालयका कुलपति तथा आस्था टेलिभिजनका प्रबन्ध निर्देशक समेत रहेका छन् ।
उनी १३ फागुनमा महेन्द्रनगर पुग्ने योग जागरण यात्रा प्रवक्ता भट्टले बताए । उनका अनुसार बिहान महेन्द्रनगर पुग्ने कार्यक्रम रहेको छ । आचार्य बालकृष्ण सोही दिन दिउसो धनगढीमा सञ्चालन भइरहेको महायज्ञमा सहभागी हुनेछन् ।

महेन्द्रनगर फर्किएपछि साँझ ६ बजे होटल ओपेरामा पत्रकारहरुसँग भेटघाट कार्यक्रम रहेको आयोजक पतंजलि योग समिति कञ्चनपुरले जनाएको छ । राष्ट्रिय योग जागरण यात्राको उद्घाटन गर्ने कार्यक्रम भएपनि आचार्य बालकृष्णकै इच्छा अनुसार महाकाली नदी किनारमा हवन हुने कार्यक्रम बनाइएको छ ।

फागुन १४ गते बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्प पश्चिमको महाकाली नदी किनारमा हवन गरिने तयारी भइरहेको भट्टले जानकारी दिए । त्यसपछि बिहान बनगाउँमा आचार्य श्री बालकृष्णको स्वागत गरिने भएको छ । उनलाई त्यहीबाट रथमा राखेर बजार रथयात्रा सहित महेन्द्रनगर बजार परिक्रमा गराउने तयारी भइरहेको जनाएको छ ।

बिहान ११ बजे महेन्द्रनगरको खुलामञ्चमा महाकाली मेची राष्ट्रिय योग जागरण यात्राको उद्घाटनसँगै आचाय श्री बालकृष्णले प्रवचन दिने कार्यक्रम तय भएको छ । उनी सोही साँझ हरिद्वार फर्किने छन् । योग जागरण यात्राका क्रममा महाकालीदेखि मेचीसम्मका २८ जिल्लामा २८ सय योग जागरण शिविर सञ्चालन गरिने जनाएको छ ।

योग जागरण यात्रामा सहभागि हुने २५० योग प्रशिक्षकले प्रत्येक जिल्लाका कम्तिमा एक सय वटा शिविरमा एक एक दिन योग प्रशिक्षण गराउने छन् । योगका विषयमा जनचेतना जगाउन र देशभरी योगको सञ्चार गर्न यात्राको आयोजना गर्न लागिएको जनाएको छ । फागुन ३० गते काठमाडौंमा राष्ट्रपति डा.रामवरण यादवले समापन गर्ने कार्यक्रम रहेको छ ।