१५ कार्तिक २०८३, आइतबार

दाङमा करेन्ट लागेर एकको मृत्यु  

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, ३० भदौ । दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो ।

आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो ।

दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
 नदीमा बगेर बेपत्ता   

दाङमा नदीमा बगेर एक बेपत्ता भएका छन् । आइतबार ६ बजेतिर लमही नगरपालिका–६ मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरीलाई राप्ती नदीले बगाउँदा बेपत्ता भएका हुन् । नदी तर्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

शिशुको शव फेला    

दाङमा एक शिशुको शव फेला परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हिडिमे डाँडागाउँस्थित फागुना चौधरीको मकै बारीमा पाँच/छ महीनाको नवजात शिशुको शव फेला परेको हो । आइतबार साँझ शिशुको शव फेला परेको हो । –रासस