१५ कार्तिक २०८३, आइतबार

कमलाबारीमा भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ३० भदाै । तनहुँ जिल्लाकाे पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

मुक्तिनाथतर्फ जाँदै गरेको यूपीबीपी ४९९५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनाको उपचारका लागि पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

अन्य बाँकी सबै डिस्चार्ज भइसकेकाे जनाइएकाे छ । घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ ।