४ कार्तिक २०८३, बुधबार

‘बुलबुल’ ओस्कारमा जाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ओस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालको प्रतिनिधित्व ‘बुलबुल’ले गर्ने भएको छ ।

ओस्कार छनौट समितिले गत साथा विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई नेपालको तर्फबाट ओस्कार पठाउने निर्णय गरेका हुन् ।

कमिटी महासचिव चिरञ्जीवी गुरागाइँका अनुसार ओस्कारका लागि आवेदन मागिएकोमा ‘बुलबुल’को मात्र दरखास्त परेकाले ‘बुलबुल’ बिना प्रतिष्पर्धा छनौट भएको हो ।

स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्मले नेपालमा राम्रो समिक्षकीय तारिफ बटुलेको थियो । फिल्मले विदेशिएका पतिको पर्खाइ, नयाँ युवकसँग प्रेम र पक्षघात पीडित ससुराको स्याहार गर्ने एकल आमाको कथा पेस गर्छ ।

फिल्मबाट अभिनेत्री खड्काले राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म फेस्टिवलमा अवार्ड जितेकी थिइन् ।