१५ कार्तिक २०८३, आइतबार

बैतडीमा सुत्केरी महिलाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बैतडी, ३० भदाै । बैतडी जिल्लाकाे शिवनाथ गाउँपालिकामा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

शिवनाथ गाउँपालिका– १ गाउँसल्लाका दानसिंह चाँडकी २१ वर्षीया श्रीमती गौमती चाँडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शनिबार रातिदेखि नै सुत्केरी व्यथा लागेर स्थानीय सामुदायिक स्वास्थ्य इकाइ तेर्छाबाटामा शिशुको जन्म दिए पश्चात् चाँडको ज्यान गएको हो ।

स्वास्थ्य इकाइमा आइतबार दिउँसो शिशु जन्माउने बितिक्कै चाँडको ज्यान गएको प्रहरीले जनाएको छ ।

शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ । मृतक महिलाका श्रीमान भने रोजगारीका लागि भारतमा छन् ।