१५ कार्तिक २०८३, आइतबार

कांग्रेसको निरन्तर अवरोधले गर्दा भोलिसम्मलाई प्रतिनिधिसभाको बैठक स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ भदौ । नेपाली कांग्रेसको निरन्तर विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक भोलिसम्मलाई स्थगित भएको हो । कांग्रेसले बाँकेमा भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको भन्दै अवरोध गरेको हो ।

कांग्रेसको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले सहमतिका लागि १० मिनेटलाई स्थगित गरेका थिए । झन्डै डेढ घण्टापछि बसेको दोस्रो बैठकमा पनि अवरोध कायम भएपछि सभामुख महराले बैठक भोलि दिउँसो तीन बजेसम्मलाई स्थगित गरेका हुन् ।