
काठमाडौँ, २९ भदौ । आज पूर्वदेखि पश्चिमसम्म डेढ दर्जनभन्दा बढी जिल्लाका नदी/खोलामा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी आसपास बसोबास तथा यात्रा गर्नेहरूलाई होसियारी अपनाउन आग्रह समेत गरेको छ।
महाशाखाकाम अनुसार पूर्वका इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, भोजपुर, सप्तरी, सुनसरी, खोटाङ, उदयपुर, रामेछापलगायत जिल्ला भई बहने नदी/खोलामा बाढी आउने सम्भावना रहेको छ ।
यसैगरी, मकवानपुर, पाल्पा, अर्घाखाँची, रुकुम, रोल्पा, सल्यान, जुम्ला, कालिकोट, अछाम, डोटी, कैलाली, डडेल्धुरा र आसपास जिल्ला भई बहने ससाना दनीमा बहाव बढ्ने सम्भावना छ । सतर्कता तह तलै रहने भए पनि नदी तटीय क्षेत्रमा काम तथा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महशाखाले अनुरोध गरेको हो ।
आगामी तीन दिनसम्मै देशका साना तथा ठूला नदीमा बहाव बढ्ने सम्भावना रहेकाले नदी आसपास बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार देशका प्रमुख तथा सहायक नदीहरू कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्ने र केही साना नदीमा बहाव सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।











प्रतिक्रिया