१५ कार्तिक २०८३, आइतबार

कोशी–कटानले चोकीडाँडाका १० परिवार विस्थापित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २९ भदाै । बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० परिवार विस्थापित भएका छन् ।

अरु २० घर उच्च जोखिममा परेका छन् । माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदीले कटान गरिरहेकाले १० परिवार विस्थापित र २० परिवार जोखिममा परेको स्थानीयबासिन्दाले बताएका छन् ।

पहिरोसँगै खसेकोे ढुङ्गा घरभन्दा केही माथि अड्किेपछि सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार घर छोडेर तातोपानीमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताए।