१२ मंसिर २०८३, शनिबार

तरुण दलकाे विवाद चुलियाे, अध्यक्षले महासचिवसहित सदस्यलाई हटाए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ भदौ । नेपाल तरुण दलका अध्यक्षले महासचिवलाई पदबाट हटाएको पत्र दिएका छन् । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएका हुन् ।

अनुशासनहीन काम गरेकाले शाहीलाई कारबाही गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।

यसअघि अध्यक्ष र महासचिवबीचको दलीय गुटको चर्काे विवाद चुलिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निटक हुन् भने महासचिव शाही रामचन्द्र पौडेल समूहका हुन् । तीन वर्षअघि पोखरामा भएको अधिवेशनमा भागबण्डाबाट चार पदाधिकारी चयन गरिएपनि ९५ सदस्यीय केन्द्रीय समिति बन्न सकेको छैन ।