काठमाडाैं । अशाेक शर्माकाे फिल्म ‘रातो टीका निधारमा’को शीर्ष गीत रिलिज गरिएको छ ।
‘अल्लारे’मा समावेश गीतलाई रिमेक गर्दै फिल्मकाे ‘रातो टीका निधारमा’मा समावेश गरिएको छ । प्रमोद खरेल र मेलिना राईको आवाजमा समावेश गीत सार्वजनिक गरिएको छ ।
असोजको १० गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई अशोक शर्माले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रको गीतमा शम्भुजित बास्कोटाको संगीत, सहदेव ढुंगानाको शब्द छ । पुरानो गीतमा भने उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नवकलाकार अंकित शर्मा, नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बुद्दि तामाङ, कलाकारहरू बसुन्धरा भुषाल, अरुणा कार्की लगायतका कलाकार छन् ।















प्रतिक्रिया