काठमाडौं, २७ भदाै । ओपोले गुगलको क्यामेराएक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफूपनि सम्मिलित हुने घोषणा गरेको छ ।
क्यामेराएक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो । शाङघाईमा आयोजित गुगल डेभलपर डेज् चाइना २०१९ (जीडीडी चाइना २०१९)मा ओपोको ईमेजिङ प्रविधि र क्यामेरा एक्सद्वारा सञ्चारित रेनो १०एक्स जुम ह्याण्डसेट मार्फत प्रदर्शित गरिएको थियो ।
कार्यक्रम मार्फत ओपो र गूगलले नयाँ समाधान सपोर्ट गर्ने क्षमता सहितका ओपो स्मार्टफोनका लाइनअपको घोषणा पनि गरेको थियो ।
विकासकर्ताहरु लाई फोनमै रहेका क्यामेरा एप मार्फत क्यामेरा अनुभव र फिचर्स थप सुदृढ गर्न सघाउने गूगलको क्यामेराएक्स एण्ड्रोइड सोल्यूशन ओपो रेनो १०एक्स जुम र नयाँ ओपो रेनो२ लगायत विभिन्न ओपो उपकरणले सपोर्ट गर्नेछ ।
ओपो स्मार्टफोन्समा क्यामेराएक्स समायोजनसंगै विकासकर्ताहरुले अब कोडका केही लाइन राखेकै भरमा ओपोको अग्रणी ईमेजिङ प्रविधिसम्म आफ्नो पहुँच बनाउन सक्नेछन् ।
उपकरणकालागि विशेष निर्मित कुनै कोड विना, क्यामेराएक्स सपोर्ट गर्ने उपकरणले विकासकर्तालाई ओपोको एचडीआर र ब्यूटी क्षमता लगायतको प्रयोग मार्फत सहजै एप अनुभव सुदृढिकरण गर्न सघाउँछ ।















प्रतिक्रिया