२८ आश्विन २०८३, बुधबार

अवसरवादीका कारण दुई माओवादी एकीकरण भएन: वैद्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidhya

बनेपा । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा(माओवादी) नेतृत्व नै संविधानसभाबाट संविधान जारी गर्ने पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।

नेकपा–माओवादी काभ्रेको तेस्रो जिल्ला अधिवेशनको शनिबार बनेपामा उद्घाटन गर्दै अध्यक्ष वैद्यले एमाओवादी नेतृत्व अवसरवादी भएका कारण आफ्नो पाटीसँग एकीकरण हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले युद्धकालीन मुद्दाहरु ब्युँताएर आफ्ना कार्यकर्तामाथि कारबाही भए स्थानीय जनसत्तालाई पुनः क्रियाशील बनाउने चेतावनीसमेत दिनुभयो ।

उहाँले शान्ति प्रक्रियाको एउटा हिस्सा आफ्नो पार्टीसँग छलफलै नगरी सत्य निरुपण विधेयक सदनबाट पारित गरेकामा असन्तुष्टि व्यक्त गर्दै सो विधेयकलाई राजनीतिक सहमतिका आधारमा ल्याइनुपथ्र्यो भन्नुभयो ।