६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमै सुत्केरी महिलाले विदा पाइनन्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षिकालाई सुत्केरी बिदा नदिएर कानुन नमान्ने र महिलालाई हेप्ने प्रधानाध्यापकलाई कारबाहीको माग गरेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले काठमाडौंको असनस्थित त्यौड माविकी एक शिक्षिकालाई प्रअ सुरेन्द्र केसीले सुत्केरी बिदा दिनुको सट्टा मानसिक यातना दिएको भन्दै सरकारसँग कारबाहीका लागि माग गरेका हुन् ।

‘सरकारी, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनु अगाडि र पछाडि गरी कम्तीमा ९८ दिन तलबसहित प्रसूति बिदा दिने अधिकार हुनेछ भन्ने हाम्रो कानुन छ,’ सांसद थापाले भने, ‘चिकित्सकको सल्लाहअनुसार बिदा अपुग भएमा बेतलबी थप एक वर्ष पनि बिदा बस्न पाइन्छ । तर, अवस्था त्यस्तो छैन । काठमाडौंको त्यौड माविमा पढाउने एक शिक्षिकाले पटकपटक बिदा माग्दा प्रअले बिदा नदिएर मानसिक यातना दिँदा शिशु गुमाउनुप¥यो ।’ यो अवस्था बदल्ने सरकारसँग मौका छ उनले बताए ।

‘कानुन नमान्ने र महिलालाई हेप्नेलाई छाडिन्न भन्ने सन्देश सरकारले दिनुपर्छ । प्रअलाई कारबाही गर्नुपर्छ,’ थापाले भने, ‘सरकारले लागू गरेका कानुन नै पालना नहुनु भनेको संसद्को नै अपमान हो ।’ उनले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई सुविधा दिने व्यवस्था गर्न सरकारसँग माग गरे ।