१५ कार्तिक २०८३, आइतबार

सिरहामा रिभल्वरसहित एक जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-महेश सिंह
सिरहा, २५ भदौ । सिरहाको बिष्णुपुर गाउँपालिकाबाट प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको प्रहरीको टोलिले सिक्सर (रिभल्वर)सहित एक जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ४ थलाहाकट्टा बस्ने रामपृत यादबको ३० वर्षीय छोरा कृष्ण यादब लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेको यादव घरयासी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा पुग्दा लोड नभएको एक सिक्सर(रिभल्वर)फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए ।

प्रहरीलाई हेर्दा कृष्ण फरार भएको थियो । प्रहरीले खोज तलास गर्दै जादा हाल बसोबास गरी रहेको घर बिष्णुपुर गा.पा.५ लक्ष्मीपुर बाट यादवलाई पक्राउ गरेको हो ।

पक्राउ गरेका यादव लाई आवश्यक कारवाही को लागि जिल्ला प्रहरी कार्यलय सिरहामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहरा ले बताए ।