काठमाडौं, २५ भदाै । बहुप्रतिक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना मंगलबारबाट औपचारिक रूपमा सुरु भएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।
नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको यो परियोजनाको मंगलबार दुवै देशका प्रधानमन्त्रीले हाइटेक प्रविधिमार्फत उद्घाटन गरेका हुन् ।
भारतका प्रधानमन्त्रीले दिल्लीबाट र नेपालका प्रधामन्त्रीले सिंहदरबार काठमाडाैंबाट एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गरेका हुन् ।
उद्घाटनपश्चात् पाइपलाइनमार्फत आएको डिजेल भारतीय आयल कर्पोरेसन (आईओसी)का कार्यकारी निर्देशक जेपी सिन्हाले भाँडोमा थापेर नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई हस्तान्तरण गरे ।
पाइपलाइन उद्घाटन कार्यक्रमलाई सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो परियोजना नेपाल र भारत मात्र नभई दक्षिण एसियाकै पहिलो र नमुना भएको बताए ।
यो परियोजनाले समय बचत मात्र नभई पेट्रोलियम पदार्थ आपूर्तिमा लाग्ने व्ययभार कम हुनका साथै ट्राफिक व्यवस्थापनसमेत सहज हुने बताए ।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही वर्षयता नेपाल–भारत राजनीतिक सम्बन्धमा अभूतपूर्व निकटता आएको बताएका छन् ।
दुई देशको संयुक्त प्रयासको उद्देश्य नै दुवै देशका नागरिकको हितका लागि हुने भन्दै उनले यो साझेदारीलाई अझै सक्रि बनाउन नयाँ परियोजना अघि सारिएको बताए ।















प्रतिक्रिया