७ कार्तिक २०८३, शनिबार

आँखाका वरिष्ठ चिकित्सक सन्दुक रुइतलाई डेंगीको संक्रमण, अस्पताल भर्ना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ भदाै । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् ।

उनलाई थापाथलीस्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । तिलगंगा आँखा केन्द्रका निर्देशक डा‍. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति ‘रुइतेक्टोमी’का सुरुवातकर्ता हुन् ।

अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी नभइसकेको स्रोतले बताएको छ ।

पछिल्लो समय देशभरमा डेंगी संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगीबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै स‌ंक्रमित भइसकेका छन् ।

गत बुधबार मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल पनि डेंगी संक्रमण देखिएर ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए ।