
काठमाडौँ । सुर्खेती गायक सुकदेव अधिकारी आवाजमा नयाँ गीत बजारमा आएको छ । उनलाई स्वरमा गायिका मेलिना राईले साथ दिएका छन् ।
सुर्खेतका युवा समाजसेवी लोकेश खत्रीको निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो ‘कल्ले बोलायो’ युट्युबमार्फत सार्वजनिक गरिएको हो।
रुद्र जीएमको शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडेल विमल अधिकारी र अञ्जली अधिकारीको अभिनय रहको छ ।
निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको गीतको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन दीपक विष्टको रहेको छ ।
गीतको म्युजिक भिडियोलाई भावना म्युजिक सोलुशन प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
हेर्नुहोस् भिडियो :















प्रतिक्रिया