१५ कार्तिक २०८३, आइतबार

मानव बेचबिखन प्रभावित संजालको संयोजकमा तामाङ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । यही भदौ १८ र १९ गते शक्ति समूहको आयोजना र एट्विनको सह–आयोजनामा भएको राष्ट्रियस्तरको मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला–२०७६ ले २२ बुँदे घोषणपत्र सार्वजनिक गरेको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर भेलाको बारेमा जानकारी गराइएको हो । मानव बेचबिखन विरुद्धको तेह«ौं राष्ट्रिय दिवस, २०७६ को अवसरमा आयोजित भेलमा ७ वटै प्रदेशहरुबाट सहभागिता रहेको आयोजकले जनाएको छ । भेलामा १०३ जना बेचबिखनबाट प्रभावितहरुलगायत ३०३ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

भेलामा उठाइएका मुद्दाहरुका विषयमा नेपाल सरकार, राजनीतिक दलहरु तथा सम्बन्धित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउँदै तीनको अविलम्ब कार्यान्वयनको लागि पनि माग गरिएको छ ।

ललितपुरको जावलाखेलमा अवस्थित् स्टाफ कलेजमा सम्पन्न भेलामा सात वटा प्रदेशबाट सहभागी भएका सहभागीहरुबाट नै राष्ट्रियस्तरको प्रभावितहरुको सञ्जाल गठन भएको र सञ्जालको मुख्य नेतृत्व शक्ति समूहकी चरी माया तामाङ्गले गरेकी छिन् ।

भेलामा निर्माण गरिएका १७ जनाको तदर्थ समितिले प्रत्येक सात वटा प्रदेशस्तरीय संजाल गठन गर्ने कार्यलाई पनि अगाडि बढाउने संयोजक तामाङ्गले जनाइन् ।

भेलाद्धारा निर्माण गरिएका संजालले प्रभावितहलाई सुरक्षित मञ्च प्रदान गर्ने पनि संयोजक तामाङ्गले बताइन् । उनले भनिन्, ‘यो संजाल प्रभावितहरु स्वतन्त्र भई आफनो अधिकारका लागि आफैंले नै वकालत तथा पैरवी गर्न अघि बढ्नेछ ।’

संयोजक तामाङ्गका अनुसार गठित संजालको मुख्य कार्य प्रभावितहरुलाई कानुनी वकालत, उद्धार, स्वदेश फिर्ती, पुर्नस्थापना र तिनै तहका सरकारसँग वकालत तथा परैवी गर्ने हो ।

कार्यक्रममा महिला तथा बालबालिका बेचविखनविरुद्धको सहकर्मी समूह नेपालकी अध्यक्ष अञ्जना शाक्यले आफ्नो संस्थाले सुरुदेखिनै शक्ति समूहलाई सहयोग गर्दै आएको र अहिलेसम्म त्यो सहयोग जारी रहेको सुनाईन् ।

शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामीले शक्ति समूहले गर्दै आएका कामकारबाहीका बारेमा प्रकाश पारेकी थिइन् । त्यस्तै, उनले शक्ति समूहको आयोजना र महिला तथा बालबालिका बेचविखनविरुद्धको सहकर्मी समूह नेपालको सह–आयोजनामा भएका पहिलो भेलादेखि अहिलेको चौथो भेलाको बारेमा पनि स्पष्ट पारेकी थिइन् ।