१५ कार्तिक २०८३, आइतबार

एभरेष्ट इन्जिनियरिङमा आरोहण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । ललितपुर–२ सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजले प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिस्पर्धा (आरोहण) कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक बर्ष गरिने उक्त कार्यक्रम विहीबार र शुक्रबार गरिएको कलेजले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका निमित् उपकुलपति बुद्धिराज जोशीले कलेजमा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमति कोर्षमा किेका ज्ञान र सीपलाई व्यवाहारिक जीवनमा उपयोगी बनाउने बताए । उनले सरकारले घोषणा गरेको प्राविधिक शिक्षाको प्राथमिकता पुरा गरी राष्ट्रिय आवश्यकता पुरा गर्नुपर्ने बताए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त कलेजहरुको संस्था ओपनका अध्यक्ष नवराज पाण्डे, कलेजका प्राचार्य उमेसप्रसाद थानी, प्रमुख कार्यकारी अधिकृत अरुणकुमार भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीको शैक्षिक कार्यकलापमा उत्तोलन दिने बताए ।

प्रदर्शनीमा देशका विभिन्न ठाउँका कलेज र शैक्षिक संस्थाको सहभागी रहेको छ । सो क्रममा रोबो रेश, रोबो ब्याटल, रोबो सोक्सर, हार्डवेयर, सफ्टवेयर स्पर्धा, ह्याकाथोन, र्यापिड कोडिङ, लजिक ब्याटल, सीभिल मोडेल, भूकम्प प्रतिरोधात्मक घरको डिजाइन, लग हाउसलगायतमा प्रतिस्पर्धा भएको छ ।