४ कार्तिक २०८३, बुधबार

बाटला हाउस र मिशन मंगलको गतिलो कमाइ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अगस्ट १६ मा रिलिज भएको जोन अब्राहम स्टारर ‘बाटला हाउस’को कमाइ वक्सअफिसमा सय करोड नजिक पुग्दा सोही मितिमा रिलिज भएको अक्षय कुमार तथा विद्या बालन स्टारर ‘मिशन मंगल’को कमाइ दुई सय करोड भारू निकट पुगेको छ ।

निखिल आडवाणी निर्देशित सिनेमाले रिलिजको १७ औं दिनसम्ममा ९५ करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरूले हाल ९५ करोड भारू कमाइ गरेको फिल्मले छिट्टै सय करोड छुने उल्लेख गरेका छन् ।

सोही मितिमा रिलिज भएको ‘मिशन मंगल’ले भने २ सय करोड भारूको निकट पुगेको छ । वक्सअफिस रिपोर्टका अनुसार फिल्मले रिलिजको १७ औं दिनसम्म १७८.११ करोड भारू कमाइ गरिसकेको छ ।