६ कार्तिक २०८३, शुक्रबार

अझै सडकभरि खाल्टाखुल्टी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदाै । काठमाडौं उपत्यकाको सडकमा वर्षासँगै देखिएका खाल्टाखुल्टी अझै पुरिएका छैनन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

केही दिनअघि उपत्यकाका केही ठाउँमा माटो र रोडा प्रयोग गरेर सडकका खाल्टा पुरिए पनि पानीले बगाएपछि फेरि सडकभरि खाल्टाखुल्टी देखिन थालेका छन् ।

खाल्टाखुल्टीले दुर्घटनाको खतरा बढेको छ भने पानी आउँदा हिलो र घाम लाग्दा धुलो सहन यात्रु, सवारी चालक तथा सर्वसाधारण बाध्य छन् ।गुणस्तरहीन कामका कारण काठमाडौं उपत्यका र राजमार्गमा ठूलाठूला खाल्टा परेका छन् ।

असारमा बजेट सक्न हतारहतार पुरिएका खाल्टा वर्षासँगै सडकमा प्वाल देखिएका थिए । चाबहिल–बौद्ध–जोरपाटी–साँखु खण्डमा खाल्टाले सवारी गुडाई नसक्नुको स्थिति छ ।

टेकु–कालीमाटी–सोल्टीमोड सडकमा पनि खाल्टाखुल्टी देखिएका छन् । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सीतापाइलालगायतका सडकमा सडकको अवस्था दयनीय छ । पुतली सडक, पुरानो बानेश्वर, जमललगायतका क्षेत्रका सडकमा यसअघि टालिएका खाल्टा देखिन थालेका छन् ।

ती सडकमा पानी आउँदा ढल फुटेर सडकमा नाला बग्ने गरेको छ । मेलम्चीले पाइप बिछ्याउन खनेका राजधानीका धेरै सडकहरूले पनि सवारी सुरक्षामा जोखिम बढाइरहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल उचित ढल व्यवस्थापन नभएको सडकको निर्माण पनि गुणस्तरीय ढंगले नहुँदा समस्या आएको बताउँछन् ।

सडक निर्माण तथा मर्मत सम्भारका लागि जिम्मेवार निकाय सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं महानगरपालिकाका, ललिलतपुर महानगरपालिकासहित विभिन्न नगरपालिकाको गैरजिम्मेवारीपनाले सहरी क्षेत्रको सडकमा समस्या देखिएको हो ।