१५ कार्तिक २०८३, आइतबार

उपराष्ट्रपति पुनसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूत जावेदले शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपति र पाकिस्तानी राजदूतबीचको भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार घर्ती मगरले जनाएका छन् ।

भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताए । उनले दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताए ।

भेटमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने भए तापनि दुई देशबीच हजारौँ वर्षको सम्बन्ध रहेको बताए ।

उनले पाकिस्तानले सधै शान्ति चाहेको र शान्तिको पक्षमा रहेको बताए ।