१५ कार्तिक २०८३, आइतबार

द्वन्द्वकालदेखिका हतियार कारोबारीसहित तीन जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कैलाली, १९ भदौ । प्रहरीले हतियार र सुनसहित धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान सिक्सर र दुई थान कटुवा  सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजातलगायतका सामाग्री फेला परेको छ ।

रानाको केही बर्ष अगाडि धनगढीको मट्यारीमै सामान्य घर थियो । एकाएक उनमा आएको आर्थिक परिवर्तनको खोजी हुन थालेको थियो । अनुसन्धानका क्रममा उनी द्वन्द्व कालदेखि कै हतियार कारोबारी रहेको खुलेको छ ।