
काठमाडौँ, १९ भदौ । आफूलाई नेपाल प्रहरीको ‘अपराध महाशाखाको अस बताउँदै अवैध रकम असुल्ने दुई जना प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका–१ का २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस–८ का ३१ वर्षीय हिमाल लिम्बु छन् ।
काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई उनीहरुले अपराध महाशाखाको असई हुँ भनी डर–धम्की दिई अवैध रुपमा रकम माग गरेका प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको जनाएको छ ।












प्रतिक्रिया