
काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरामी भएका कारण विश्रान लिन सुझाव दिनुपर्ने बताए ।
बुधबार प्रतिनिधि सभाको बैठकमा थापाले कतिपय नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्ने गरेको चित्रित गर्दै भने,‘हामी हाम्रा बा विरामी भएपछि विश्राम लिनुस् भन्छौं । धपेडी नगर्नुस् भन्छौं । तपाईहरूले पनि यसै भन्नुस् ।’
देशका प्रधानमन्त्री उपचारका लागि केही दिन मात्र मुलुकमा बस्दै गर्दा सरकारका काममा गति नलिएको सन्दर्भमा थापाले त्यसो भनेका हुन् ।











प्रतिक्रिया