१२ मंसिर २०८३, शनिबार

चक्कुको बिडभित्र लुकाएर ल्याएको सुन सहित एयरपोर्टबाट एक जना पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १८ भदौ । चक्कुको बिडभित्र लुकाएर ल्याएको सुन सहित एक नेपाली पक्राउ परेका छन् ।

नेपाल वायु सेवा निगमको उडानबाट दोहा हुँदै नेपाल आएका कास्की घर घएका सन्तोषकुमार नेपालीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको थियो  । उनको साथबाट चक्कुको बिडभित्र लुकाएर ल्याएको आधा केजी सुन पनि बरामद गरिएको छ ।

सुन तस्करीको मुख्य नाका बनेको विमानस्थलमा हरेक दिन विदेशबाट आएको सुन बरामद हुने गरेको छ ।

पक्राउ परेका नेपालीले २ वटा चक्कुको बिंडमा आधा किलो सुन लुकाएर ल्याएका थिए ।

पक्राउ परेका नेपालीलाई बुधबार नै राजश्व अनुसन्धान विभागमा बुझाइने विमानस्थल प्रहरीले जनाएको छ ।