१ कार्तिक २०८३, आइतबार

सरकारले जम्मा भएको रकम पनि खर्च गर्न सकेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan-Mahatकाठमाडौं, १२ फागुन । दातृ निकायबाट निक्कै उच्च सहायताको प्रतिवद्धता आएपनि सरकारको खर्च गर्ने क्षमता भने निराशाजनक वन्दै गएको छ ।

बजेटको मध्यावधि समिक्षा गर्न सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामशरण महतले वैदेशिक सहायताको एतिहासिक रेकर्डसंगै खर्चको अवस्था निराशाजनक रहेको पनि बताए ।

यस बर्षको बजेटमा वैदेशिक सहायता तर्फ १ खर्ब २२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन भएको मध्ये आधा वर्ष बितिसक्दा ६ प्रतिशत मात्रै खर्च भएको छ ।

समिक्षा अनुसार अनुदानतर्फ ८ दशमलव ४१ र ऋणतर्फ ४ दशमलव ९ प्रतिशत मात्र खर्च हुन सकेको हो ।

गत वर्ष पनि ६ महिनामा पनि खर्च ६ प्रतिशतकै हाराहारीमा रहेको कान्तिपुर दैनिकले छापेको छ ।

‘समग्रमा वैदेशिक सहायता परिचालन कमजोर रहेको देखिएकोछ’ महतले सार्वजनिक गरेको समिक्षामा भनिएको छ ।

यस बर्षको यस्तो निराशाजनक अवस्था हुदा हुदै पनि वैदेशिक सहायताको प्रतिवद्धता भने एतिहासिक भएको अर्थमन्त्री महतले वताए ।

‘गत वर्षको भन्दा झन्डै चार खण्ड बढी २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँको प्रतिवद्धता आएको छ’ उनले भने, ‘यसले अन्तराष्ट्रिय विश्वास बढेको देखाउछ ।’

यो प्रतिवद्धतामा उच्च वृद्धिको कारण भारतिय सहयोग हो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको १ अर्ब अमेरिकी डलर (झण्डै एक खर्ब रुपैया) बराबरको सहयोगका कारण समग्र थपिएको हो । जसको अंक समग्र प्रतिवद्धतामा करिब आधा हुनजान्छ ।

गत वर्षको ६ महिनामा प्रमुख ७ भित्र पनि नपरेको भारतिय सहायता प्रतिवद्धता यो पटक १ खर्ब ७ अर्ब रुपैयाँ बराबर छ । जसमा सय अर्बको हाराहारी ऋण सहयोगको प्रतिवद्धता हो ।

भारत बाहेक गत वर्षभन्दा बढी रकमको प्रतिवद्धता दिने मूलकमा अमेरिका, जापान, नर्वे र स्वीजरल्याण्ड छन् ।

संयुक्त अधिराज्य, फिनल्याण्डले सहयोगको प्रतिवद्धता रकम अनुसार घटाएका छन् ।

बहुपक्षिय सहायता प्रतिवद्धतामा एसियाली विकास बैंक र युरोपियन युनियनले गतको ६ महिनामा भन्दा बढी रकम दिने बताएका छन् ।

विश्व बैंकले गरेको प्रतिवद्धता रकम भने गतवर्षभन्दा कम छ । गत वर्ष द्धिपक्षिय र बहुपक्षिय गरेर करिब ५५ अर्ब २९ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता आएको थियो ।