१२ मंसिर २०८३, शनिबार

नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही भदाै २० र २१ गते प्रदेश नं. ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको हो ।

प्रदेश नं. ३ मा दुई स्थानमा प्रशिक्षण आयोजन गर्ने पूर्वनिर्णय अनुसार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा मध्यपुर ठिमी नगरपालिका ९, वोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा प्रशिक्षण हुनेछ । भदाै २० गते विहान ८ देखि १० बजेसम्म सहभागीहरुले नाम दर्ता गर्नुपर्ने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जनाएका छन् ।

भदाै २० गते विहान १० बजे द्योवु, बोडेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् । प्रदेश नं ३ को भक्तपुरमा आयोजित प्रशिक्षणमा यस प्रदेशका १३ जिल्ला मध्ये सात जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरु मात्र सहभागी हुने सचिव आचार्यले बताए ।

प्रदेश नं. ३ का बाँकी ६ जिल्लाहरु रसुवा, नुवाकोट, धादिड., चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा आयोजन गरिनेछ । प्रदेश १ को धनकुटा र मोरड, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि केही समय पछि प्रशिक्षण सञ्चालन गरिनेछ ।