भरतपुर, १७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठनका जिल्लास्तरीय नेता चितवनमा पक्राउ परेका छन् ।
तीन–चार महिना अगाडि भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विष्फोट गराएको आशंकमा चितवन प्रहरीले प्रवीणकुमार स्याङतानलाई पक्राउ गरेको हो ।
चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सोधपुछका लागि स्याङतानलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका चितवन जिल्ला सेक्रेटरी हुन् ।
विप्लवका छोरा प्रकाश चन्दसँगै रहेर उनले गतिविधि गर्दै आएका छन् । यसअघि पनि स्याङतान दुई पटक पक्राउ परिसकेका छन् ।











प्रतिक्रिया