
काठमाडौँ, १५ भदौ । सानिमा बैंक लिमिटेडले कैलालीको बौनियाँमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
शाखा कार्यालयको उद्घाटन, सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलले गरे ।
उद्घाटन समारोहमा सानिमा बैंकका संचालक पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।
त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
उद्घाटन समारोहमा हरिवंश आचार्यले बौनियाँमा सानिमा बैंक संचालनमा आएकोमा बौनियाँ वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकको हाल देशभर ७९ वटा शाखा संजाल तथा ७५ वटा एटीएम रहेका छन् ।















प्रतिक्रिया