
काठमाडौं, १४ भदौ । गभर्नर चिरञ्जिवी नेपालले फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्जालमा आएका गलत सूचनाले पत्रकारिता क्षेत्रमा चुनौति थपिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभाका क्रममा शनिबार नेपालले भने,‘फेसबुकमा आउने गलत सूचनाले भ्रम श्रृजना गराउने काम गरेको छ । यो पत्रकारिताका लागि चुनौति हो ।’
पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपूर्ण रहेको बताउँदै धम्कीलगायतका अनेक समस्या पनि औंल्याए ।















प्रतिक्रिया