२ कार्तिक २०८३, सोमबार

संविधान जारी गर्न विलम्ब गर्नुपर्ने कारण छैन : अध्यक्ष ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-Birthday-Rajendra-Aryal-650x485

काठमाडौँ, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न विलम्ब गर्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।

आफ्नो निवास बालकोटमा ६४ औँ जन्मदिनका अवसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले संविधान जारी गर्न नदिने षड्यन्त्र भएरहेको बताउँदै चाँडो संविधान जारी गरेर मुलुकमा कानुनको राज, विकास र लोकतान्त्रिक परिपाटी बसाल्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “साना स्वार्थका लागि देशको दीर्घकालीन हितलाई प्रभावित पार्नु हुँदैन । जनतामा अलमल र भ्रम सिर्जना गरेर आफ्नो दुनो सोझ्याउने काम पनि गर्नु हुँदैन । सबैले मुलुकको समृद्धिका लागि सोच्नुपर्छ ।”

अध्यक्ष ओलीले बाराको कलैयाबाट केही कार्यालयका सेवालाई सिमरामा विस्तार गर्ने सरकारको कार्यलाई केही समूहले अवरोध सिर्जना गरेकामा चिन्ता व्यक्त गर्दै एक ठाउँका जनताको हितलाई सङ्कटमा पार्न अर्को ठाउँमा अराजकता उत्पन्न गराउने कार्य गलत भएको बताउनुभयो । उहाँले सिमरा, सिम्रौनगढ तथा सुनसरीको इनरुवामा पनि सरकारी सेवा विस्तार गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीलाई उहाँको निवासमा पुगेर पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलगायतका नेता कार्यकर्ताले विभिन्न उपहारसहित जन्मदिनको शुभकामना दिनुभयो ।

यसैगरी, प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्ष राजेन्द्र अर्यालले नेपालको नक्सामा पूर्वी सिमानाबाट अध्यक्ष ओली सूर्य अंकित झण्डाका साथ उदाउनुभएको र पश्चिम सीमानाबाट एकीकरणकर्ता पृथ्वीनारायण शाह उभिनुभएको चित्रअङ्कित तस्विर उपहार हस्तान्तरण गर्नुभयो । रासस