४ कार्तिक २०८३, बुधबार

नाडा अटो शोमा ड्याटसन गाडीहरुमा आकर्षक उपहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले चाडपर्व तथा नाडा अटो शोको अवसरमा “फेस्टिभ हट डिल” योजना प्रस्तुत गरेको छ ।

नाडा अटो सो तथा दसैं, तिहार जस्ता महान् चाडलाई लक्षित गरी कम्पनीले हालै न्यू गो गाडी बजारमा प्रस्तुत समेत गरेको छ । यो ड्याट्सन गो को नयाँ संस्करण हो ।

यसमा शक्तिशाली १.२ एल इन्जिन, रियर वाइपर, आर १४ डायमण्ड कट अलाव ह्वील, डुअल एयर ब्याग जस्ता थप विशेषता यसमा विद्यमान रहेका छन् ।

फेस्टिभ हट डिल अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै विशेषताहरुले भरिपूर्ण हट सुविधाहरु प्राप्त गर्न सक्ने छन ।

नाडा अटो शोमा ड्याटसनको कुनै पनि गाडी बुकिङ गरेमा, उक्त गाडी डेलिभरी गर्दाको बखत रु.३१ हजार ९ सय ९९ रुपियाँ बराबरको एमआई एट लाइट मोबाइल निःशुल्क दिइनेछ ।

यसै गरी गाडीका खरिदकर्ताहरु बीच लक्की ड्र गरीनेछ जसमा १० जना जोडीले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जना ले १० ग्रामको सुनको सिक्का पाउनेछन् ।

यसका अतिरिक्त ड्याटसन गाडीको खरिदमा रु ९९,००० बराबरको निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको वीमा, ३ वर्ष सम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष सम्मको सडक कर र रु.१२५,०००। सम्मको नगद छुट, फेस्टिभ डिस्काउन्ट अन्तर्गत रु. ५०,००० को छुट प्राप्त गर्न सकिने छ ।