काठमाडौं, १२ भदौ । सिजी मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सल ६ गाडी प्रस्तुत गरेको छ । ६ सिट क्षमताको एक्सल ६ को भित्री र बाहिरी रुप आकर्षक रहेको छ ।
कार्यकारी निर्देशक करण चौधरीले पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको बताएका छन ।
‘यसै मूल्य एवं मान्यतालाई आत्मसाथ गर्दै हामीले एक्सल ६ गाडी प्रस्तुत गरेका छौं’, उनले भने, ‘जसले एउटा परिवारलाई सँगै यात्रा गर्ने सुविधा प्रदान गर्दछ ।’
‘आजका ग्राहकहरुले सबैभन्दा बढी खोज्ने स्टाइल र कम्फोर्ट नै हो, जुन यसमा रहेको छ’, चौधरीले भने, ‘यसको आकर्षक स्टाइल, खुल्लाभित्री स्थान, सुविधा, कार्यक्षमता तथा सुरक्षा जस्ता प्रमुख विशेषता यसमा रहेको छ ।’
यसको भित्री रुप प्रभावशाली रहेको छ । स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्री स्पेस यसको प्रमुख विशेषता हो । उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रश बार डिजाइन, हेड ल्याम्पहरुले यो बास्तवमै दृढ देखिएको छ । कालो अलोइ ह्वील, लगायतका थुप्रै विशेषताहरुले गाडी आफैमा आकर्षक बन्न पुगेको छ ।
एक्सल ६ मा पर्याप्त भित्री स्पेस रहेको छ जसले गर्दा सहजै एउटा परिवार यात्रा गर्न सक्नुहुनछ । यसका भित्री एस्सोसरिजहरु पनि आकर्षक एवं विशेषतायुक्त रहेका छन् ।
यसमा भएका थुप्रै विशेषताहरुको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको साथ सम्पूर्ण रुपमा सुरक्षित छ ।
भ्यान्टीलेटेड कप होल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेट, लगायत थुप्रै विशेषताहरुले सुरक्षा एवं सहजताको तहलाई अझै माथि पु¥याएको छ ।
मनोरन्जनको लागि १७.८ सेमिको स्मार्टप्ले स्टुडियो टचस्क्रिन रहेको छ, जसले गर्दा गाडी चलाउदाको अवस्थामा स्मार्टप्ले स्टुडियो एप्लिकेशनहरुको जीवन्त मनोरञ्जन लिन सकिन्छ ।
साथै इन्धन कम भएको जानकारी, फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु पनि स्क्रीनमा देख्न सकिन्छ भने स्मार्ट फोनलाई सहजै आबद्ध गर्न सकिन्छ ।















प्रतिक्रिया