४ कार्तिक २०८३, बुधबार

अभिनेता सन्जय दत्त राजनीतिमा प्रवेश गर्ने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता सन्जय दत्त राजनीतिमा आउने दाबी भारतको महाराष्ट्र राज्यका एक मन्त्रीले गरेका छन् ।

महाराष्ट्रका मन्त्री महादेव जानकरले यस्तो दाबी गरेका हुन्। जानकर राष्ट्रिय समाज पार्टीका अध्यक्ष हुन् ।

उनले अभिनेता दत्तले २५ सेप्टेम्बरमा उनको पार्टी प्रवेश गर्ने दाबी गरेका हुन् । हालै सो पार्टीको वर्षगाँठमा संजयले एक भिडिओ जारी गर्दै जानकर र उनको पार्टीलाई बधाई संदेश दिएका थिए ।

भिडियोमा संजयले पार्टीलाई बधाई दिदैं सफलताको शुभकामना व्यक्त गरेका थिए। भिडिओमा उनले मनाकर आफ्नो मित्र भएको बताएका थिए।

सन् १९९२ को बम विस्फोटमा उनलाई एके-४७ राखेकोमा दोषी पाइएको थियो र उनलाई कैद सजाय भएको थियो। संजयकी बहिनी प्रिया दत्त पछिल्लो चुनावमा कांग्रेसबाट प्रत्यासी बनेकी थिइन् ।

सो चुनाबमा उनले आफ्नो बहिनीको पक्षमा प्रचार गरेका थिए । यसअघि संजय समाजवादी पार्टीको महासचिव रहिसकेका छन् ।

महासचिव भएपनि उनको लखनउ लोकसभामा चुनाव लड्ने सपना भने पूरा हुन सकेको थिएन । संजयका बाबु सुनिल दत्त कांग्रेसका ठूला नेता थिए ।