४ कार्तिक २०८३, बुधबार

दुई भिन्न साइजमा शक्तिशाली ग्यालक्सी नोट प्रस्तुत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० भदाै । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ ।

प्रीमियम स्मार्टफोहरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पु-याउँछन् ।

काम र जीवनको बीचमा निर्बाध रूपमा विचरण गर्ने एउटा पुस्ताले प्रेरणा पायो ग्यालेक्सी नोट १० ।

जसले प्रयोगकर्ताहरूलाई उनीहरूले चाहेको तरिकाले काम गर्न र उनीहरूको सृजनात्मकता प्रदर्शन गर्न, स्वतन्त्रता दिने कम्पनीले जनाएकाे छ ।

वर्षौंको लागि, ग्यालेक्सी नोट श्रृंखलाले विश्वभरि लाखौं प्रयोगकर्ताहरूलाई उनीहरूको चाहनाहरू अनुसरण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्त गर्न मद्दत गरेको छ, ग्यालेक्सी नोट १० संँग, सामसङ प्रयोग कर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।