४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । सिटिजन्स बैँकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैँकको भदौ ९ मा बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरि उक्त निर्णय गरेको हो ।

बैंकले आफ्ना सम्पूर्ण शेयरधनीलाई आ.व. २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने नगद १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ रुपैयाँ लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ ह्जार ९ सय ४३ रुपैयाँ बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ ।

यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ ।

संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको बैँकले जनाएको छ ।