
काठमाडौँ, ८ भदौ । चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
टर्किस एयरलाइन्सबाट काठमाडौं आएकी डेनमार्क नागरिकको नगद तथा सुन चोरी गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा क्युएई र हु झिङहोङ छन् । दुवै जना टर्किस एयरबाटै स्तानबुल जान लागेका थिए ।
प्रहरीका अनुसार डेनमार्क नागरिकले आफ्नो सुन तथा नगद हराएको भनी प्रहरीमा खबर गरेकी थिइन् । विमानबाटै सुन र नगद चोरी भएको उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरीले सुनको बाला दुई थान र विभिन्न देशका मुद्रासहित दुवै चिनियाँलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अुनसार दुवै चिनियाँलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ ।











प्रतिक्रिया