
काठमाडौँ, ८ भदौ । प्रहरीले आफ्नो मोबाइल लुटेको भन्दै प्रहरीलाई गलत सूचना दिने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका स्यूचाटार बस्ने २५ वर्षीय आकाश भट्टराई छन् । उनलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित दुर्गा मन्दिर नजिकबाट आफ्नो मोबाइल प्रहरीले लुट्यो भन्दै प्रहरीको कन्ट्रोल रुममा उनले सूचना दिएका थिए ।
लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले मोबाइल आकाशले आफ्नै साथीलाई दिएर प्रहरीले लुट्यो भन्दै झुटो सूचना दिइएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया