४ कार्तिक २०८३, बुधबार

सुनको भाउ फेरि बढ्यो, थाहा पाउनुहोस् कति पुग्यो तोलाको ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । सुनको भाउ फेरि उकालो लागेको छ ।

साताको पहिलो दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलाको ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।