२९ आश्विन २०८३, बिहिबार

गर्लफ्रेण्डलाई भुल्नै सक्दैनन् सलमान खान ! को हुन उनको यादमा आउने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakman-khan-sangeeta-bijlani

मुम्बई । बलिउडका सुपरस्टार (दंबग खान) सलमान खान अहिले फेरी चर्चामा आएका छन् । साँस्कृतिक कार्यक्रममा दुबई पुगेका सलमानले आफ्नी गर्लफ्रेण्डको नाम लिएर चर्चामा आएका हुन् ।

रिलेशनशीपमा भए नभएपनि सलमानले आफ्नो गर्लफ्रेण्डलाई कहिल्यै भुल्न नसकेको र भुल्न पनि चाहेका छैनन् । सलमानले यो कुराको पुष्टि दुबईमा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुबईमा भएको साँस्कृतिक कार्यक्रममा अभिनेता सलमानले सञ्चारकर्मीसंग कुराकानी गर्दै आफ्नी प्रेमिकालाई कहिल्यै भुल्न नसकेको खुलासा गरेका छन् ।

सञ्चारकर्मीले तपाईको मनपर्ने क्रिकेटर कुन हो ? भनेर सोधेको प्रश्नमा उनले भनेका छन्–‘मेरो फेवरेट क्रिकेटर मोहम्मद अजरूद्दिन हुन् । उनी संगीता विजलानीका श्रीमान हुन् । हैन पूर्व श्रीमान हुन् । उनलाई कोही चिन्नुहुन्छ ।’

तपाइलाई थाहा छ विहे हुनु अगाडी सलमान र संगीता प्रेमी प्रेमिका थिए । त्यो बेला यी दईबीच अफेयर चलेको थियो । यो भनाईले सलमानले आफ्नी प्रेमिकालाई अहिलेसम्म पनि भुल्न नसकेको प्रमाणित भएको छ ।