१२ मंसिर २०८३, शनिबार

वन्यजन्तुको सिङ्ग जस्तो देखिने वस्तुसहित अष्ट्रेलियन नागरिक पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खैरो रङको वन्यजन्तुको सिंङ जस्तो देखिने वस्तु १ थानसहित अष्ट्रेलियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । राहदानी नम्बर पिए ९७१४५२९ वाहक ३४ वर्षीय LEONID POEL लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थाई लायोन एयरको उडानद्घारा काठमाडौंबाट अष्ट्रेलिया जान लागेका उनलाई अन्तर्रा्ष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा जाँच गर्ने क्रममा उक्त वस्तु फेला परेको हो ।

अष्ट्रेलियन नागरिकलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।