१२ मंसिर २०८३, शनिबार

विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयू कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ । 

शनिबार विश्व हिन्दू परिषद् नेपाल धनुषाको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा ६१ वटा भार लिएर ५२ जनाको समूह अयोध्याको लागि प्रस्थान गरेका हुन् । 

प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर आउनका लागि निमन्त्रणा दिने परम्परा रहेको छ ।

शनिबारदेखि व्यवसायिक रुपमा सुरु भएको सरयू कमला एक्सप्रेस रेलमार्फत जनकपुरधाम उमहानगरपालिकाका मेयर, विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष सन्तोष साहसहित ५२ जनाको समूह भार लिएर अयोध्याका लागि निस्किएका छन् । 

भारमा मिठाई, फलफूल, मिथिला परम्परा अनुसार घरमै बनाइने पारम्परिक व्यन्जन, कपडा, फूलहा भाँडा लगायतका विवाहमा आदानप्रदान गरिने वस्तुहरुको रहेको छ ।

अयोध्या पुगेर तिलकोत्सव (छेका) गरिने र सोही बेला जनकपुरधाममा विवाहपञ्चमीको दिन सहभागी हुन निमन्त्रण दिइने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जानकारी दिए । 

उनले प्रथम व्यवसायिक रेलमार्फत निमन्त्रणा लिएर अयोध्या जान पाएकोमा दुवै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे ।

साताव्यापी रुपमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष यही मंसिर २८ गते हुन गइरहेको छ ।

यस वर्ष अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सुरु भएकोले श्रद्धालु एवम पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।