डाेटी, ६ भदाै । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लामै पहिलोपटक याे रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’को मृत्यु भएको हो ।
लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि उपचारका लागि उनलाई कैलालीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेङ्गु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए ।











प्रतिक्रिया