१२ मंसिर २०८३, शनिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले दिए सामूहिक राजीनामा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ६ भदाै । दाङ जिल्लाकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत २२ चिकित्सकले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।

उपकुलपति डा. संगीता भण्डारीले ज्यादती गरेको, अभद्र व्यवहार गरेको र मानसिक तथा भौतिकरूपमा काम गर्ने वातावरण सिर्जना नगरेकाले राजीनामा दिएको चिकित्सकहरूले बताएका छन् ।

भण्डारीले केही चिकित्सकलाई अनावश्यक दबाव दिएको, हटाउन खोजेको र पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेको उनीहरूको गुनासाे छ ।

लामो समयदेखि विवाद हुँदा प्रतिष्ठानले गति लिन सकेको छैन । चिकित्सकहरूले राजीनामा दिएपछि स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।