१ कार्तिक २०८३, आइतबार

पाकिस्तानका रेलमन्त्री शेख रशीद लण्डनमा कुटिए

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ भदाै । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् ।

रशीस तिनै व्यक्ति हुन् जसले जम्मु–कश्मीर मामिलामा भारतमाथि परमाणु युद्धको धम्की दिएका थिए ।

पाकिस्तानी मिडियाका अनुसार अवामी मुस्लिम लिगका प्रमुख एवं रेलमन्त्री शेख रशीदमाथि एक पुरस्कार समारोहमा भाग लिईरहेका बेला होटलमै हमला भएको थियो । रशीदलाई धमाधम कुटेर ती व्यक्ति फरार भएका थिए ।

घटनापश्चात पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मा आवद्ध युवा संगठनका युरोप अध्यक्ष आसिफ अली खान र सोही पार्टीकी ग्रेटर लण्डन महिला शाखाकी अध्यक्ष समाह नाजले एक विज्ञप्ति जारी गरी हमलाको जिम्मेवारी लिएका छन् ।

सो विज्ञप्तिमा रशीदले पीपीपी प्रमुख बिलावल भुट्टो जरदारीको विरुद्ध अपशब्द प्रयोग गरेको उल्लेख छ ।